Siddhi Bhawan , Ground Floor (Opposite of Embassy of Japan) Panipokhari - 3, Kathmandu 44600
प्रथम प्याथालोजी ल्याबले तिहारसम्म किड्नी बायोस्पी जाँच निःशुल्क गर्ने

काठमाडौं लाजिम्पाटस्थित प्रथम प्याथालोजी ल्याबले तिहारसम्म किड्नीको बायोस्पी जाँच निःशुल्क गर्ने भएको छ । किड्नीका बिरामीका बायोस्पी जाँचका लागि पूर्ण रुपमा सञ्चालन भएको यो नै एक्लो ल्याब हो ।

किड्नी बायोस्पी परीक्षणका लागि भारत पठाउने गरिन्छ । यसको जाँच गर्दा ७ हजार रुपैयाँसम्म खर्च हुने गर्छ । प्रथम प्याथालोजीका प्रमुख कार्यकारी अधिकृत डा. निराजन मैनालीले किड्नी बायोस्पी जाँचका लागि इम्युनोफ्रलोरेसेन्स जाँच र रिपोर्ट दिने भएको छ ।

उनकाअनुसार प्रथम प्याथालोजी ल्याब किड्नी प्याथालोजीसहित इम्युनोफ्रलोरेसेन्स गर्ने नेपालकै एक्लो ल्याब हो । प्रथम ल्याबले निकट भविष्यमै किड्नी ट्रान्सप्लान्ट एसभी४० मार्करसहितको बायोस्पी सुरु गर्ने योजनासमेत अगाडि बढाएको छ । जुन नेपालमा पहिलो चोटि गरिन लागिएको हो ।

यस्तै, ल्याबले किड्नी ट्रान्सप्लान्ट बिरामीका लागि प्रयोग हुने ट्याक्रोलिमस औषधीको लेभल पनि छुटका साथै गर्ने भएको छ । ‘महंगो मानिने यो जाँच हामीले तिहारसम्म २ हजार ५ सयमै गर्नेछौं भने रिपोर्ट पनि एक दिनमै दिनेछौं,’ डा. मैनालीले भने ।

ल्याबले नियमित बिरामीका लागि यसअघि नै असोज २५ सम्म सबै परीक्षणहरुमा २५ प्रतिशत छुटको घोषणा गरिसकेको छ । ल्याबमा मसिनो नसा भएका बिरामीहरुका लागि उच्च प्रविधीको भेन फाइन्डरसहितको सुविधा पनि रहेको छ ।

थप पढनुहोस: https://www.healthaawaj.com/others/42695/