Siddhi Bhawan , Ground Floor (Opposite of Embassy of Japan) Panipokhari - 3, Kathmandu 44600
अब प्रथम प्याथोलोजी ल्याब प्रा.लि. आईएसओ सर्टिफाइड प्रयोगशाला

लाजिम्पाटस्थित प्रथम प्याथोलोजी ल्याब्रोटोरी प्रा.लि. आईएसओ सर्टिफाइड प्रयोगशाला भएको छ । प्रयोगशालाका प्रमुख डा. निराजन मैनालीकाअनुसार प्रथम प्याथोलोजी क्युएआईबाट आईएसओ सर्टिफाइड भएको हो । ‘भारतमा प्रयोगशालाको आईएसओ सर्टिफाइड गर्ने दुई वटा निकाय एनएबीएल र क्युएआई छन्,’ उनले भने, ‘क्युएआईबाट हामीले आईएसओ २०१२ गरेका हौं । सबै प्रक्रिया पूरा गरेपछि बुधबार साँझमात्र औपचारिक रुपमा आईएसओ प्रमाणीकरण भएका हौं ।’ प्रथम प्याथोलोजीले स्थापनाको पहिलो दिनदेखि नै आईएसओका लागि तयारी अगाडि बढाएपनि प्रयोगशालाको गुणस्तर प्रमाणीकरणका लागि दुई वर्ष लागेको उनले बताए । ‘क्युएआईको टिमले सेप्टेम्बरमा दुई दिन प्रयोगशालाको अडिट गरेको थियो । केही कुराहरु उनीहरुले सुधार गर्न भनेका थिए । हामीले त्यसलाई सुधार गरेर पठाएका थियौं,’ उनले भने, ‘सबै कुरा पूरा भएपछि हिजोबाट आईएसओ प्रमाणीकरण भएको हो ।’ आईएसओ प्रयोगशालाको गुणस्तर मापन गर्ने निकायले प्रदान गर्ने गुणस्तर प्रमाणीकरण चिन्ह हो । डा. मैनालीकाअनुसार प्रथमका ल्याब निर्देशक डा. रुपेन्द्र थापाले आईएसओ प्रमाणीकरणमा विशेष भूमिका खेलेका थिए । सुरुवात भएको दुई वर्षमै गुणस्तरको यो प्रमाणपत्र लिन सफल भएको उल्लेख गर्दै डा. मैनालीले पहिलो दिनदेखि नै मैले क्वालिटी मार्किङमा लागेको सुनाए । उनले नेपालका केही प्रयोगशालाहरुले आईएओस प्रमाणित नगरिकनै लोगो र गुणस्तर चिन्ह प्रयोग गरेकोमा पनि असन्तुष्टि व्यक्त गरे । नेपालमा जावलाखेलस्थित सम्यक डाइग्नोष्टिक पहिलो आईएसओ प्रमाणित प्रयोगशाला हो । त्यसबाहेक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, केपीएल, रिलायबल, सिद्धी, नर्भिकलगायतका ७ वटा प्रयोगशालाले मात्रै आईएसओ पाएको डा. मैनालीले बताए । झण्डै ४—५ सय परीक्षण गर्दै आएकोमा प्रथम प्याथोलोजी ल्याब प्रा.लि.ले किड्नी वायोस्पी, थाइरोग्लोबीन, एलर्जी, ल्यूकेमिया, बोनम्यारो, ग्यास्ट्रो वायोस्पीलगायतका परीक्षण पनि गर्दै आएको छ । डा. मैनालीकाअनुसार अब प्रथमले इनफर्टिलिटी, जेनेटिकका परीक्षणहरु सुरु गर्ने योजना बनाएको छ ।


थप पढनुहोस: https://www.healthaawaj.com/others/57698/?fbclid=IwAR3MoKVsV0eMFDhQMvSVHmFusxgAQWSwQiOy10S_Jf2AmecTjUVhL2V4CQ8_aem_AclPYguy5OIHkjE8Ky5KqHZjvTb2MFjFYNs8onCE__vejNuzog6PGWgq0DRnuE8rx6k